बुधबार, चैत्र १५, २०७९

आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुँने

पेट्रोल, डीजेल र मट्टीतेलको मुल्यमा क्रमस   पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४४  पैसा र डीजेल तथा मट्टीतेलमा २७ पैसा  घट्यो

काठमाडौ असोज १३, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राति १२ बजेदेखि नेपालमा आयात हुने पेट्रोलियम पदार्थमध्ये पेट्रोल, डिजेल र मट्टितेलमा स्वचालित Oil-NIgam-Co-operationमूल्य प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्नै सम्बन्धमा जनकारी दिन आज मन्त्रालयले पत्रकार सम्मेलन गरी भारतको रक्सौलबाट आयात गर्ने मूल्यलाई नै आधार मूल्य मानेर अन्तर्राष्ट्रिय बजारअनुसार सो मूल्य प्रणाली कायम गर्न लागिएको जनाएको छ।

नेपालमा बिक्री हुने पेट्रोलियम पदार्थमा यो प्रणाली लागू भएसँगै अब अन्तर्राष्ट्रिय बजारबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार नै घटबढ हुने मन्त्रालयले जनाएको छ । त्यस्तै स्वचालित मूल्य प्रणालीअनुरुप समायोजन गर्दा पेट्रोल, डीजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा र डीजेल तथा मट्टीतेलमा २७ पैसा घटाइएको निगमले जनाएको छ।

त्यस्तै अब उपरान्त् निगमले स्वचालित मूल्य प्रणालीअनुसार भारतीय आयल कर्पोरेसनले पठाउने मूल्यको आधारमा महिनाको २ पटक मूल्य हेरफेर गर्ने भएको छ । सहज रुपमा पेट्रोलियम पदार्थ आयात गर्न र घाटा कम गर्न स्वचालित मूल्य प्रणाली अपनाइएको जानकारी दिदै खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत रहेको निगमले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031