शनिबार, चैत्र १८, २०७९

अव नेपालमानै अङ्ग प्रत्यारोपीहरुको लागि औषधिको मात्रा जाँच गर्ने ट्याक्रोलिमस उपकरणको सेवा सुरु

भावुक मुन्द्रामा एमाले अध्यक्ष ओलीले भने राजनीतिलाई महत्व  दिए जतिनै अङ्गप्रत्यारोपणका क्षेत्रमा काम गर्छु

ललितपुर असोज ४,  नेपालमा पहिलो पटक आरोग्य फाउन्डेसनले मानव अङ्ग प्रत्यारोपणपछि प्रत्यारोपीले सेवन गर्ने औषधिको मात्रा जाँच गर्ने ट्याक्रोलिमस नामक विश्वस्तरीय उपकरणको सेवा नेपालमा पनि सुरु गरको छ । नेपालमा यो सेवाका विधिवत सुभाम्भ भए सङगै अव मिर्गाैला उपचारका क्रममा विदेशिनु पर्ने अवस्थाको अन्त्य हुनुका अलावा अङ्ग प्रत्यारोपण पछि प्रयोग हुँने औषधीको मात्रा मापन गर्न विदेशीनु पर्ने बाध्यताका अन्त्य भएको भएको आज ललितपुरमा आयोजित मेसिन सुभारम्भ कायक्रममा जानकारी दिइएको छ । ८० लाखको लागतमा फाउन्डेसनले स्विट्जरल्यान्डबाट विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको सो उपकरण नेपाल ल्याएको र सो उपकरण खरिदका लागि फाउन्डेसनका अध्यक्ष एवम गायीका आनी छोइङ डोल्माले रु ३५ लाखको आर्थिक सहयोग गर्न भएको थियो ।

tyacrolimus-3

कार्यक्रममा सात वर्ष अगाडि भारतमा मिर्गाैला प्रत्यारोपण गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य परीक्षण गराई उक्त सेवाको शुभारम्भ गर्नुभएको थियो ।  यसअघि मिर्गाैला प्रत्यारोपीले आफूले सेवन गर्ने औषधिको मात्रा जाँच गर्न भारतमा नमुना पठाउने गर्नुपथ्र्यो । फाउन्डेसनले प्रस्तुत सेवाको लागि न्यूनतम रु दुई हजार ५०० जाँच शुल्क निर्धारण गरेको छ ।  यसैवीच सेवा सुभारम्भ कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले तत्कालीन अवस्थामा आफू नेपालमा उपचार असम्भव भएर नै भारत गएको स्पष्ट पार्दै मेरा अगाडि अस्पताल अथवा आर्यघाट दुई विकल्पमात्र थिए, मैले अस्पताल नै रोजेको बताउँदै उहाँले भावुक मुन्द्रामा म आगामी दिनमा जति राजनीतिलाई महत्व दिन्छु दिए जतिनै अङ्ग प्रत्यारोपणका क्षेत्रमा काम गर्ने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।

त्यस्तै मुख्य सचिव लीलामणि पौडेलले मैले एक वर्ष अगाडि नै मिर्गाैला दान गरिसकेको बताउँदै मिर्गाैला बैंक बनाउने तर्फ आवश्यक मापदण्ड बनाउँने कार्य भइरहेको जानकारी दिनुभएको थियो भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले आफू चिकित्सा क्षेत्रबाट नआए तापनि स्वास्थ्य सेवालाई गरिब जनताको पहुँचमा ल्याउन सुधार गर्ने प्रतिवद्धता व्यक्त गनृ भएको थियो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष आनी छोइङ डोल्माले आफ्नो आमाको स्मृतिमा आफूले फाउन्डेसन स्थापना गरी अङ्ग प्रत्यारोपणका क्षेत्रमा सेवा पु-याइरहेको र आगामी दिनमा छुट्टै अस्पताल नै स्थापना गर्न लागेको जानकारी दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031