सोमवार, अशोज ८, २०८०

 अध्यक्षको हैसियतले काम कारबाही नगर्न एन्फा अध्यक्ष थापालाई सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौ असोज १२, व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको आज सिंहदरबारमा बसेको बैठकले रु ५८ करोडभन्दा बढी अनियमितता गरेको आरोपको ganesh-thapaछानविन गर्ने क्रममा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापालाई अध्यक्षको हैसियतले कुनै पनि काम कारबाही नगर्न निर्देशन दिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट संविधानसभा सदस्यमा मनोनीत गणेश थापालाइ समितिको बैठकले पदमा रहिरहँदा अध्यक्ष थापाले आफूविरुद्धको प्रमाण नष्ट गर्न सक्ने भन्दै समितिले यस्तो निर्देशन दिएको सभापति जनार्दन शर्माले जानकारी दिनुभएको छ ।  त्यस्तै आजको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतका दल सम्बद्ध सांसदहरूले थापाको विषयमा छानबिन गर्न कुनै पनि कन्जुस्यार्इं गर्न नहुँने बताउँदै गर्दा राप्रपा नेपाल सम्बद्ध सांसदहरूले भने युवा तथा खेलुकद मन्त्रालयले नै छानबिन गरिरहेकाले थप छानबिन गर्न नपर्ने जिकिर गरेको बुझिएको छ ।