सोमवार, चैत्र ६, २०७९

अधिकार र जिम्मेवारीको सन्तुलन मिलाउँदै समग्रताको खोजी गर्नुपर्नेमा सभासद जोशीको जोड

बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौ असोज ११, उपत्यकाका अल्पसख्यक तिरहुते ब्राम्हण सेवा समितिले बडादसैँ २०७१ का अवसरमा आज कामपा वडा न १५ स्थित जगतसुन्दर माविमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा

IMG_20140927_153049 IMG_20140927_144614 IMG_20140927_144601 आयोजित उक्त कायक्रममा सभासद जोशीले विगत लामो समय यतादेखि राज्य प्रदत हकअधिकार प्राप्तिका लागि क्रियाशील समितिको माग प्रति एैकेवद्धता प्रकट गर्दैआफ्नो हक अधिकार र स्वतन्त्रता प्राप्तिको लागि सङगठित प्रारुपमा अगाडि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

अधिकार र जिम्मेवारीको सन्तुलन मिलाउँदै समग्रताको खोजी गर्नुपर्ने बताउँदै व्यक्तिको संभावनालाइ कहिल्यैपनि निषेध गर्नु नहुने बताउँनु भएको छ । साथै उहाँले यस वर्षको बडादसँैंबाट देशमा विद्यमान राजनीतिक अन्यौललाई अन्त्य गर्दै देशलाई राजनीतिक स्थायित्व तथा दिगो विकासमा लैजानका लागि सबैलाई सत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा पूर्व परराष्टविद् केशवराज झा, समितिका पूर्व अध्यक्ष गुरुदत्त मिश्र, नेपाल मैथिल ब्राम्हण समाजका अध्यक्ष माधव झा, अर्जुन प्रसाद मिश्र, सहनलता मिश्र, उपेन्द्र गोपाल झा लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कायक्रमको अन्त्यमा बडादसैँको  शुभकामना उपहार कार्यक्रमको समेत सञ्चालन गरिएको उक्त कार्यक्रम समितिका अध्यक्ष राजन मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031