मङ्लबार, जेष्ठ २३, २०८०

सामुहिक बलात्कार एवम् चरी प्रकरणको जानकारी दिदै गृहमन्त्री गौतमले भने -चरी प्रहरीको जवाफी कारबाहीमा मारिय

काठमाडौं श्रावण २३, व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले रुकुमबाट नेपालगन्जतर्फ आइरहेको ना४ख ५१६७ नम्बरको बसभित्र रुकुमकी १८ वर्षीय किशोरीमाथि सामुहिक बतात्कार गर्ने कार्य गर्नमा संलग्न पाँच अभियुक्तलाई पक्राउ bamdaveगरिएको जानकारी दिनुके अलावा धादिङ भीमढुङ्गा–६ नर्सरी सामुदायिक वन छेउ सडकमा प्रहरीसँगको मुठभेडमा परी मृत्यु भएका दिनेश अधिकारी यस अघिपनि विभिन्न अभियोगमा पक्राउ परिसकेका कुख्यात व्यक्ति रहेको जानकारी दिदै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दिनेश अधिकारी चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएका छन ।

रोष्टममा उपस्थित भएर जवाफ दिनेक्रममा गौतमले भने अधिकारीले प्रहरी टोलीमाथि गोली चलाएपछि आत्म रक्षाकालागी जवाफी फायरिगंमा उनि मारिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीलाई शंङका लागि पक्राउ गर्दा खोज्दा निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले जवाफी कारबाहीमा निजको मृत्यु भएको हो बताएका छन । त्यस्तै उपप्रधानमन्त्री गैतमले अधिकारी २०६२ सालदेखिनै विभिन्न अपराधमा संलग्न रहेको र त्यसकोप्रमाण स्वरुप जिल्ला अदालत काठमाडौं तथा जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध गम्भीर फैजदारी मुद्दा चलिरहेको संसदलाई जानकारी गराएका थिए ।

यसैबिच उपप्रम गौतमले घटनाक्रमको जानकारी दिदै गर्दा सभासद राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, गुरु बुर्लाकोटी, गंगालाल तुलाधर, धनवहादुर घले लगायतको सिफारिसमा पास लिएर संसद भवनमा छिरेका चरीका समर्थकहरुले संसदको मर्यादा बिपरित ताली बजाएका थिए त्यसपछि । दर्शक दीर्घामा बसेर ताली बजाएको ठूलो आवाज आएपछि मर्यादापालकहरु दौडिदै उनीहरु तिर गए र पाखुरासमाउँदै बाहिर निकालेका थिए ।