शुक्रबार, चैत्र १६, २०८०

आफ्नो अधिकारको मुद्दा उठाउँदा अरुको अधिकारको हनन नहोस : उपप्रम सिंह

काठमाडौँ श्रावण २३, उपप्रधानमन्त्री प्रकाशमान सिंहले बीसौँ विश्व आदिवासी दिवस २०१४ को अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय 10603445_10152637497102329_6524051713204484755_n
प्रतिष्ठानद्वारा आयोजित अन्तक्र्रियामा मा बोल्दै आगामी माघ ८ गते जारी हुँने संविधानमा मलुकका सबै जाति, भाषा एवम् क्षेत्रको अधिकार सुनिश्चित बताउँनु भएको छ ।

तर आफ्नो अधिकारको मुद्दा उठाउँदा अरुको अधिकारको हनन गर्न नहुने विषयमा सचेत हुन आदिवासी समुदायलाई आग्रह गर्दै उहाँले प्रतिष्ठानले सिफारिश गरेको आदिवासीको नामलाई प्रमाणीकरण गर्ने आश्वासन दिदै निधारित मितिमा संविधान निर्माण गरी जारी गने वातावरण बनाउँन आग्रह गनु भएको थियो ।

कार्यक्रममा सहप्राध्यापक बालकृष्ण माबुहाङ्ले आदिवासी दिवसको दुई दशक, उपलब्धि अवसर र चुनौती’का विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उहाँको कार्यपत्र माथि ।प्राध्यापक कृष्ण खनाल र नेपाल आदिवासी जनजाति महासङ्घका संस्थापक महासचिव सुरेश आलेमगरले टिप्पणी गनु भएको थियो । तस्विर :युपी लामिछाने