शुक्रबार, बैशाख ७, २०८१

स्वर्ण पदक विजेता तुल्स्यान सम्मानित

काठमाडौ श्रावण २३, नेपाल फिलाटेलिक सोसाइटीले ब्राजिलको राजधानी रियो द जेनेरियोमा आयोजित हुलाक टिकट प्रदर्शनी प्रतियोगितामा स्वर्ण  पदक विजेता ऋषिकुमार तुल्स्यानलाइ  सम्मान गरेको छ ।  सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा आयोजित विशेष कायक्रमका वीच तुल्स्यानलाइ कदरपत्र सहित सम्मानित गरिएको हो । मन्त्री रिजालले त्यस अवसरमा नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशितएवम् तुल्स्यानले प्राप्त गर्नुभएको स्वर्ण पदकको चित्र अंकित संस्मरणात्मक विशेष आवरणमा पहिलो टाँचा लगाउँनु भएको थियो

नेपाल फिलाटेलिक सोसाइटीका आजीवन सदस्य समेत रहेका ऋषिकुमार तुल्स्यानले प्रतियोगितामा नेपालका तर्फबाट नेपाल द प्रि स्ट्याम्प क्लासिक पिरियड १६६९–१९०७ शीर्षकको हुलाक टिकट प्रदर्शन गरेबापत उक्त पदक प्राप्त गर्नुभएको समाचारमा उल्लेख गरिएको छ ।  सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माको समेत उपस्थिती रहेको उक्त कायक्रममा स्वर्ण पदक विजेता तुल्यान, फिलाटेलिक सोसाइटीका अध्यक्ष प्रा. डा. रमेशकुमार श्रेष्ठ लगायतले नेपालमा फिलाटेलीको प्रचुर सम्भावना रहेको र यसको प्रवद्र्धन गर्न सके मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने भएकाले यसलाई सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031