शुक्रबार, बैशाख १४, २०८१

सुरज र सहानाले समाचारको खण्डन गदै भने-जवानी उम्लिएको छैन (विज्ञप्ति सहित)

काठमाडौँ श्रावण २७, सोमबार प्रकाशित साँघु साप्ताहिकमा कान्तिपुरका जोडीले जोशमा होस गुमाउँदा‘” शीर्षकको समाचार प्रति भिजेद्वय सुरज गिरि र साहना बज्राचार्यले खण्डन व्यक्त गरेका छन् । आज उनिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गिरी र बज्राचार्यले आफूहरु मिल्ने साथी मात्रै भएको र समाचारमा उल्लेख भएझै गाडी भित्र आपत्तिजनक अवस्थामा फेला नपरेको प्रष्टिकरण् दिएका छन ।

त्यस्तै विज्ञप्तिमा चितवन टाँडीमा गाडी बिग्रिएपछि बनाउने घरमा स्थानीय ट्राफिकले सोधपुछ गरेपछि कान्तिपुर टेलिभिजनको परिचय देखाएको उल्लेख छ । त्यसपछि ट्राफिकले मापसे परिक्षण गर्दा गिरीले मापसे गरेको भेटिएकोले मापसे अन्तर्गत कारवाही भोगेको गिरी र बज्राचार्यले जनाएका छन् । समाचारमा उल्लेख भएजस्तो आफूहरुको जवानी नउम्लिएको र वैश पनि नबिसाएको उनीहरुले बताएका छन् । दुवैजनाले सो समाचारका कारण पुगेको क्षतिको कानुनी उपचार गर्ने बताएका छन् ।