शुक्रबार, बैशाख ७, २०८१

सुनकोसीमा थुनिएको पानीको वहावलाई सुरक्षित रूपमा निकास दिन उच्च प्राथमिकता: गृहमन्त्री गौतम

काठमाडौ श्रावण १७, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुनकोसीमा पहिरो गएर थुनिएको पानीलाई सुरक्षित रूपमा निकास दिनका लागि सरकारले उच्च

bamdaveप्राथमिकताका साथ सबै सुरक्षा निकाय र राज्य संयन्त्रलाई प्रयोग गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज पत्रकारहर्रुसँग कुरा गर्दै मन्त्री गौतमले पहिरोका कारण बाँधभन्दा माथि डुबान भएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लाने कार्य भइरहेको जानकारी दिदै बाँधभन्दा तलतिर क्षति हुने सम्भावनालाई न्यूनीकरण गर्ने र जनतालाई सुरक्षित स्थानमा पु¥याउने काम भइसकेको उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग आज बालुवाटारमा आकस्मिक छलफल पछि नदीलाई सुरक्षित तरिकाले बहाव सुचारु गर्न आवश्यक कदम चाल्न निर्देशन दिइसकेको जानकारी दिनुको अलावा पानीको बहावका कारण कोसीको बाँधसमेत प्रभावित हुने भएकाले सो विषयमा भारत सरकारलाई सतर्कता गराइएको र कोसी बाँधको सबै ढोका खोल्न अनुरोध गरिएको बताउनुभएको छ ।

यसैवीच सुनकोसी नदीमा थुनिएको पानी ठूलो परिमाणमा एक्कासि सप्तकोसीमा मिसिएमा हुन सक्ने क्षति सम्बन्धमा भारत विहारका कोसी योजनाका चिफ इन्जिनियर राजेशकुमारले आफुहरु पूर्णरूपले सतर्क रहेको बताउनुभएको छ ।  कोसीको ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला रहेको र सो पानी आउनलाग्दा सम्पूर्ण ढोका खुल्ला गर्न आदेशसमेत जारी गरिसकिएको बताउनुभएको समाचार स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031