मङ्लबार, बैशाख ११, २०८१

सुनकोसीमा तत्काल उद्धार कार्य अगाडि बढाउँ : माओवादी

cpn-maoistकाठमाडौ श्रावण १७, नेकपा–माओवादीले सिन्धुपाल्चोक जिल्लास्थित सुनकोसी नदी पहिरोले थुनिएको घटनामा परी जनधनको क्षति भएको भन्दै तत्काल उद्धार कार्य अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । माओवादीका प्रवक्ता पम्फा भुसालले आज एक विज्ञप्ति प्रकाशित गरी यथाशीघ्र प्रभावित क्षेत्रमा धनजनको सुरक्षार्थ सबै प्रकारका कदम चाल्न आग्रह गर्नुभएको हो ।  प्राकृतिक दुःखद् घडीमा प्रभावित क्षेत्रका जनताको उद्धार र राहत कार्यमा सक्रिय ढङ्गले लाग्न उहाँले स्थानीय पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ ।