शनिबार, बैशाख ८, २०८१

सार्क सम्मेलनमा प्राधिकरणले उपत्यकामा विशेष बत्ती जडान गर्ने

काठमाडौँ श्रावण २१, नेपाल विद्युत् प्राधिकरणले आगामी कात्तिकमा हुने सार्क सम्मेलनका लागि काठमाडौँ उपत्यकाका मुख्य सडकमा बत्तीको NEA_Buldingव्यवस्था गर्ने भएको छ ।   सार्क सम्मेलनलाई लक्षित गरेर सम्मेलन आसपासका मुख्य सडक देखि सम्मेलनमा लागि आउने पाहुनालाई आवतजावतमा सहजता गर्न बसोबासस्थलदेखि घुमफिर क्षेत्रसम्मका सडकमा विशेष बत्तीको जडान गर्न लागेको प्राधिकरणले जनाएको छ ।

कात्तिकमा विद्युत् भार कटौती बढ्ने भएपनि सम्मेलन अवधिभर विद्युत् भार कटौती नहुने गरी बत्ती जडान गर्न तयारी प्राधिकरणले गर्दै गरेको बुझिएको छ । यसका लागि सोलार र प्राधिकरणकै बिजुली दिएर उज्यालो बनाउने योजना तय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रस्तुत योजना अन्तगत प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्म, जमलदेखि नारायणगोपाल चोकसम्म र न्युरोडदेखि हनुमानढोकासम्मको सडकमा विशेष सडक बत्तीको व्यवस्था गर्न र यसका लागि अर्थ मन्त्रालयसँग रु २१ करोड बजेटको माग गरेको बताएका छन ।