बुधबार, बैशाख १२, २०८१

साताव्यापी स्वास्थ्योपचारका लागि एमाले अध्यक्ष ओली नयाँ दिल्ली प्रस्थान

काठमाडौँ भाद्र १३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ ६ बजे जेट एयरवेजको उडानबाट साताव्यापी नियमित स्वास्थ्योपचारका Oliसिलसिलामा भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।  नेता ओलीको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा नियमित स्वास्थ्य जाँच हुने बताइएको छ । अध्यक्ष ओलीलाइ विदाइ गर्न त्रिवि विमानस्थलमा उपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेताहरु पुग्नु भएको थियो ।

यसैबीच अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा कावा अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष गौतमलाई सुम्पेको पार्टी सचिव पृथ्वीसुब्बा गुरुङद्वारा आज साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।