बिहिबार, बैशाख १३, २०८१

सहमतिमै मुलुकको नयाँ संविधान निर्माण गर्नुपर्छ :सभापति डा.भट्टराई

काठमाडौ भाद्र १३, संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूको सहमतिमै मुलुकको नयाँ संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आउँदो भाद्र baburam-bhattarai२१ गतेसम्ममा दलहरूबीच विवादित विषयमा सहमति जुटाउन अथक प्रयास भइरहेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा सभापति भट्टराईले संविधानका विवादित विषयहरू राज्य पुनःसंरचना, शासकीय स्वरूप, न्याय प्रणाली र निर्वाचन प्रणालीलाई संविधानसभाको प्रक्रियामा लैजान नहुनेमा जोड दिदै प्रक्रियाबाट संविधान बनाउन खोजिएमा शान्ति प्रक्रिया र सङ्क्रमणकाल लम्बिने भएकाले सहमतिकै पक्षमा आधार तयार पार्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

साथै उहाँले संविधान निर्माण प्रक्रियामा संविधानसभा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई पनि सर्वपक्षीय राजनीतिक सम्मेलनमार्फत संविधान निर्माणमा सहभागी गराउने प्रयत्न जारी रहेको जानकारी दिदै माओवादीसँगको छलफललाई सँगसँगै लैजानुपर्नेमा जोड दिदै यसवीचमा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, मधेसी भाइरस किर्लस, जनतान्त्रिक तराई मुक्ति मोर्चा नेपाललगायतका समूहसँग समितिको वार्ता उपसमितिले वार्ता सम्पन्न गरेको जानकारी दिनुभएको थियो ।