बिहिबार, बैशाख ६, २०८१

सरकारले प्राकृतिक विपत्तिमा परेका नागरिकको सम्बोधनार्थ प्रमको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने

काठमाडौ भाद्र २, व्यवस्थापिका–संसद्लाइ सरकारले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा र��हत कार्यक्रमलाई व्यवस्थित बनाउन

biccप्रधानमन्त्रीको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने जानकारी उपप्रधानमन्त्री वामदेव गौतमले दिनु  भएको छ । सरकारको तर्फबाट धारणा राख्दै उपप्रधानमन्त्री गौतमले यसरी गठन हुने समितिमा प्रमुख प्रतिपक्षी दलका नेता समेतको सहभागीता रहने बताउँनु भएको छ । त्यस्तै उहाँले प्रस्तुतको समितिको माध्यमबाट गराई प्रकतिक विपत्तीमा परेका नागरिकको लागि राहत तथा उद्धार कार्यलाई प्रभावकारी कार्यान्वयन गरिने बताउँनु भएको थियो ।

उपप्रधानमन्त्री गौतमले त्यस अवसरमा ससदमा हालसम्म बाढी पहिरो प्रभावित २४ जिल्लामा १४२ जनाको ज्यान गएको, ८२ घाइते, २५३ बेपत्ता र १२ हजार ७५० घरपरिवार प्रभावित भएको र सरकारको तर्फबाट प्रदान गरिने सहयोग तथा राहत रकमका कुनै पनि कन्जुस्याई नगरिएको उल्लेख गर्दै सरकारले आफ्नो क्षमताअनुसार नै प्राकृतिक जोखिम न्युनीकरणको प्रयास यसअघिनै सुरु गरिसकेको जानकारी गराउँनु भएको थियो । त्यस्तै उहाँले अव गठन हुने  समिति मार्फत आगामी दिनमा मध्यकालीन, दीर्घकालीन रणनीति तयार गरेर लागू गरिने जानकारी दिनु भएको थियो ।

यस अघि  एमाओवादीका अध्यक्ष  पुष्पकमल दाहालले देशका विभिन्न भागमा हालै गएको पहिरो र भयानक बाढीका कारण मुलुक राष्ट्रिय विपत्तिको स्थितिमा पुगेको बताउँदै विपद् व्यवस्थापनका निम्ति राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै सरकारले तत्काल सङ्कटकाल घोषणा गरी उद्धार एवम् सहयोगका ठोस कार्यक्रम थाल्नुपर्ने माग गर्नुभएको थियो    भने एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले राष्ट्रिय विपद् घोषणा होस् र जनताका समस्या सम्बोधन हुन् भन्ने सदाशयताका साथ नेता दाहालले सदनको ध्यानाकर्षण गराउनुभएकाले सरकारबाट तत्काल सङ्कटकाल घोषणा नभए सदनको कारबाही अवरुद्ध गर्न आफ्नो दल बाध्य हुने बताउनुभएको थियो ।