बिहिबार, बैशाख १३, २०८१

सरकारले तत्काल राष्ट्रिय विपत घोषणा नगरे एमाओवादीले सदनको कारबाही अवरुद्ध गर्ने

काठमाडौ भाद्र २, व्यवस्थापिका –संसद्को आजको बैठकमा सभामुखसँग समय माग गर्दै प्रतिपक्षी दलका नेता एवम् एमाओवादीका अध्यक्ष 40643ecdfcf3ac8836355f8c6ee20e1bपुष्पकमल दाहालले देशका विभिन्न भागमा हालै गएको पहिरो र भयानक बाढीका कारण मुलुक राष्ट्रिय विपत्तिको स्थितिमा पुगेको बताउँदै विपद् व्यवस्थापनका निम्ति राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै सरकारले तत्काल सङ्कटकाल घोषणा गरी उद्धार एवम् सहयोगका ठोस कार्यक्रम थाल्नुपर्ने माग गर्नुभएको छ ।

त्यस्तै उहाँले अभिव्यक्तिकै क्रममा देशभरका बाढी पहिरोको मारमा परेका नेपालीहरुलाइ तत्काल सम्बोधन गर्ने कार्यक्रम सरकारले घोषणा नगरे सदनको कारबाही अघि बढ्न नदिने भन्दै गर्दा प्रतिपक्षी सभासदहरुले बैठकमा उठेर सरकारको रवैयाको विरोध गरेका थिए ।
त्यस्तै एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले राष्ट्रिय विपद् घोषणा होस् र जनताका समस्या सम्बोधन हुन् भन्ने सदाशयताका साथ नेता दाहालले सदनको ध्यानाकर्षण गराउनुभएकाले सरकारबाट तत्काल सङ्कटकाल घोषणा नभए सदनको कारबाही अवरुद्ध गर्न आफ्नो दल बाध्य हुने बताउनुभएको थियो । त्यसपछि सभामुख नेम्वाङले सरकार र प्रतिपक्षी दल एकै ठाउँमा बसेर छलफल नगरी समस्याको निरुपण हुँदैन भन्दै पारस्परिक सम्वाद र सहमतिमा जोड दिनुभयो । उहाँले संसद्मा धेरै विधेयक थाती रहेकाले संसदीय कामकारबाही अवरुद्ध नगर्नु श्रेयस्कर हुने बताउँदै आधा घण्टाका लागि बैठक स्थगन भएको घोषणा गर्नुभएको थियो ।