शनिबार, बैशाख ८, २०८१

सरकारको विकल्प खोज्ने पक्षमा एमाले लागेको छैन :अध्यक्ष ओली

 महाधिबेसनको क्रममा प्राप्त दस्तावेजमा आजबाट छलफल हुँदै

काठमाडौ श्रावण २८, नेकपा एमालेको मगलवार पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठक प्रधानमन्त्री सुशील कोइरालाले एकलौटी सरकारको जस्तो व्यवहार गरेको आरोप लगाएको छ । तर एमाले वर्तमान सरकारको विकल्प खोज्ने पक्षमा भने नरहेको भन्दै  अध्यक्ष ओलीले  480X320_5add7d4387bd10d3c8f183aa6a39fd9dयही सरकारले नै माघ ८ गतेभित्र संविधान जारी गर्नुपर्छ भन्नेमा एमाले प्रतिबद्ध रहेको बताएका छन ।

यसैबीच बैठकमा अध्यक्ष केपी ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन सम्पादन कार्यदल र महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक प्रस्ताव र विधानका लागि कार्यदल गठन गरिएको थियो भने नवौं महाधिबेसनमा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा बराबर मत प्राप्त गरेका चारै जनालाई केन्द्रीय सदस्यमा चयन गरेको छ । बैठकले पछि मनोनित हुने सदस्यको कोटामा मिलाउने गरि चारै जनालाई केन्द्रीय सदस्य बनाएको उमालेले जनाएको छ। यसरी बराबरी म पउनु हुनुहरुमा क्रमस खुलासदस्य तर्फ नागेन्द्र चौधरी र खिमलाल भट्टराईले ९ सय ८६ तथा मुस्लिम कोटा तर्फ मोहम्मद महफुज अन्सारी र सिराज अहमद अन्सारीले ९ सय ६४ रहेका छन ।

एमालेको उक्त बैठकले महासचिव, उपमहासचिवहरु र सचिवहरु रहने गरि केन्दीय सचिवालय गठन गरेको छ । त्यस्तै गरी बैठकमा नवौं महाधिबेसनको क्रममा प्रस्तुत भएका राजनीतिक, सांगठानिक र विधान संशोधन दस्तावेजमाथी प्रतिनिधीले राखेका धारणा समेटेर तयार पारिएको दस्तावेजमाथि आजबाट छलफल हुने एमालेले जनाएको छ ।