शुक्रबार, चैत्र १६, २०८०

संविधान जारी गर्नका लागि अधिकतम सहमति गरिने : उपप्रधान मन्त्री सिंह

  पोखरा श्रावण २४, नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कायक्रमलइ सम्बोधन गदै उपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूबीच अधिकतम सहमति गर्ने र त्यो पनि हुँन नसके विधिगत रुपमा भए पनि माघ ८ गतेभित्र संविधान जारी गरिने बताउनुभएको छ ।

त्यस्तै उपप्रधानमन्त्री सिहंले पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण होस् भन्ने चाहनालाइ सम्बोधन गन आफ्नो तफबाट हरसम्भव प्रयास गरिने बताउँदै उहाँले पत्रकार नारायण कार्कीलाई दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । पुरस्कारको राशि रु ३३ हजार ३३३ र सम्मानपत्र रहेको छ । कार्यक्रमम महासङ्घका सभापति रामकृष्ण ज्ञवाली,सोनिमा पालिखे, पुरस्कृत व्यक्तित्व कार्की लगायतले बोल्नु भएको थियो ।