शुक्रबार, बैशाख ७, २०८१

संयन्त्र गठन गर्दा यो वा त्यो बहानामा संविधान निमार्ण कार्यतालिका प्रभावित हुन्छ :उपप्रम सिहं

काठमाडौ भाद्र १०, उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले एमाओवादीले भनेजस्तो उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्दासंविधानसभा ओझेलमा पर्ने बताएका छन् । राजधानीको शोभाभगवतीमा आज विहान आयोजित मंगलादेवी सिंहको १९ औं स्मृति सभालाइ सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।10580050_10152681537007329_1694648604278150687_n

10541859_10152681537232329_2319780675623887773_n

त्यस्तै उपप्रम सिहले निर्धारित मितिमा संविधान जारी गर्न असर पुग्ने कुनै पनि बहानालाई काँग्रेसले किमार्थ स्विाकार नगर्ने चाहे त्यो एमाओवादीले उठान गर्दै आएको उच्चस्तरीय संयन्त्रको मागनै किन नहोस भन्दै संयन्त्र गठन गर्दा यो वा त्यो बहानामा संविधान निमार्ण कार्यतालिका प्रभावित हुँने उआँले जिकीर गर्नुभएको छ । यस अर्थमा पनि अहिलेको मुल मुद्धा भनेको लोकतान्त्रिक संविधानको निमार्ण गरि आगामी माघ ८ गते जारी गर्नु रहेको अवस्थामा आन्दोलनमा जाने घुर्कि नदेखाई राजनीतिक समस्या समाधान गर्न वार्तामा आउन एमाओवादीसँग आग्रह समेत गर्नु भएको छ।

विसं १९८२ मङ्सिर २५ गते काठमाडौँमा जन्मिनुभएकी सिंहले विसं २००४ सालमा तत्कालीन जहानिया राणा शासनविरुद्ध महिलालाई एकीकृत गर्दै प्रथम महिला आन्दोलनका लागि सङ्घको जन्म दिनुभएको थियो । विसं २००४ वैशाख १ गते महिलाका लागि छुट्टै विद्यालय खोलिनुपर्छ, भोट दिने अधिकार दिइनुपर्छ जस्ता माग राखी पहिलो सत्याग्रहको सुरुवात उहाँले गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031