शनिबार, बैशाख ८, २०८१

श्रावण २७ गते अन्तर्राष्टिय युवा दिवस मनाइने

youthकाठमाडौ श्रावण २२, युवा तथा खेलकुद मन्त्रालयद्दारा प्रत्येक वर्ष १२ अगस्तका दिन मनाइने अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष श्रावण २७ गते संयुक्त राष्ट्रसङ्घले तय गरेको समृद्धिका लागि मानसिकरुपमा स्वस्थ युवा भन्ने मूल नाराका साथ विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको संयोजकत्वमा मूल आयोजक समिति र मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद शर्माको संयोजकत्वमा कार्यान्वयन समिति गठन गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।

समितिमा विभिन्न राजनीतिक दलका युवा सङ्घ–सङ्गठन, गैरसरकारी क्षेत्रमा कार्यरत युवा सङ्घसंस्थाका छाता सङ्गठन एवम् सञ्जाल, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, एसओएस चिल्डे«न्स भिलेज, संयुक्त राष्ट्रसङ्घीय निकाय र विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था समेतको प्रतिनिधित्व रहने  बताइएको छ ।