शनिबार, बैशाख ८, २०८१

व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध

बहुमतको आडमा संविधान जारी गरेर मुलुकलाई भड्खालोमा हाल्न खोजेको 

सभासद विजयकुमार गच्छदारको  आरोप 

काठमाडौ भाद्र १५, व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी एमाओवादीलगायत विपक्षी दलको अवरोधका कारण स्थगित bijaya-kumar-gachhadar (1)भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ एमाओवादीसहितका प्रतिपक्षी दलले आज पनि संसद अवरुद्ध गरेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेलगायत माग राख्दै उनीहरुले संसद अवरुद्ध गरेका हुन् ।

संसद अवरुद्ध गर्नुअघि बोल्दै सभासद विजयकुमार गच्छदारले कांग्रेस र एमालेले बहुमतीय प्रणालीबाट संबिधान जारी गर्ने खेलमा लागेको आरोप सहित विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेपछि सभामुख सुवास नेम्बाङले मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदारलाई बोल्न समय दिनुभएको थियो ।  अध्यक्ष गच्छदारले बोल्ने क्रममा सरकार एकलौटी रूपमा सञ्चालन भएको, २६ सभासद्को मनोनयन प्रक्रिया थाल्दा प्रमुख प्रतिपक्षी तथा अन्य दलसँग समन्वय नगरेको भन्दै सरकारले बहुमतको आडमा संविधान जारी गरेर मुलुकलाई भड्खालोमा हाल्न खोजेको आरोप लगाउनुभयो ।

त्यसपछि विपक्षी सभासद्हरू पुनः आफ्नो स्थानबाट उठेपछि सभामुख नेम्बाङले ‘अवरोधको स्थितिमा कारबाही अघि बढ्न नसक्ने’ भन्दै बैठक यही भदौ १८ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ ।