शुक्रबार, बैशाख ७, २०८१

वैदेशिक रोजगार एकता समितिद्दारा बाढीपीडित परिवारलाई सहयोग

काठमाडौं श्रावण २७, सुनकोसी बाढीपीडित परिवारको सहयोगार्थ नेपाल वैदेशिक रोजगार एकता समितिले रु नौ लाख ५८ हजार ८०० बराबरको राहत सामग्री वितरण गरेको छ । समितिका अध्यक्ष हरिबहारदुर पाण्डेले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीमार्फत सो रकम बराबरको राहत सामग्री आज यहा��� हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

यसरी सहयोग स्वरुप हस्तान्तरण गरिएको राहत सामग्रीमा त्रिपाललगायत १५० बोरा चामल, १५० थान कम्बल, ३०० केजी चिउरा, १७ कार्टुन तेल, १५० केजी चिनी, १५० पाकेट पाउडर दूध, ३०० केजी दाल र १५० थान म्याट्रेस रहेको बुझिएको छ ।