बुधबार, बैशाख १२, २०८१

विपीको दुर्लभ तस्बिर अवलोकनार्थ राष्ट्रपति डा.रामवरण यादव प्रदर्शनी स्थल आउँदै

तस्बिर हेर्न  सर्वसाधारणहरुको घुईचो

काठमाडौ श्रावण २८, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालद्दारा आयोजित तस्बिर प्रदर्शनीमा उहाँका दुर्लभ तस्बिर हेर्न सर्वसाधारणको प्रत्येक दिन घुइचो बढ्दो रहेको छ ।

1

प्रदर्शनीमा कोइरालाको जन्मदेखि मृत्यु संस्कारसम्मका तस्बिर प्रदर्शन गरिएको छ भने प्रतिष्ठित कलाकर्मी किरण मानन्धर, रागिनी उपाध्याय, रमेश खनाललगायतले बिपीका सम्बन्धमा तयार गर्नुभएका कलाकृति पनि राखिएको कार्यक्रमका मिडिया संयोजक श्रीजन झाले बताउनु भएको छ ।

त्यस्तै उहाँले फोटो प्रदर्शनी अवलोकनार्थ भोलि अपरान्ह दुई बजे सम्माननीय राष्ट्रपति डा रामवरण यादव प्रदर्शनी स्थल बबरमहल आर्ट ग्यालरी आउँनु हुने जानकारी दिनु भएको छ । सप्ताहव्यापी रुपमा प्रदर्शन गरिने उक्त कायक्रम गत श्रावण २४ गते देखि सुरु भएको हो ।