शुक्रबार, बैशाख १४, २०८१

विधायन समिति सभापतिको निर्वाचन बुधवार हुने

काठमाडौ भाद्र ९, गत साता नै हुने हने भनिएको व्यवस्थापिका–संसदअन्तर्गतका विधायन समिति, १० वटा विषयगत समिति र संसदीय सुनुवाइ savashed logoविशेष समितिको सभापतिको निर्वाचन आगामी बुधवार ११ गते अपराह्न ५ बजे हुने भएको छ । व्यवस्थापिका–संसद सचिवालय द्दारा आज जारी विज्ञप्तिअनुसार निर्वाचन कार्यक्रमअन्तर्गत भाद्र १० गते बिहान १० बजेदेखि ५ बजेसम्म प्रस्ताव दर्ता गर्ने र सोही दिनको १७ः३० बजे सूची प्रकाशन गर्ने रहेको छ । सो कार्यका लागि नयाँ बानेश्वरस्थित शङ्कर हललाई स्थान निर्धारण गरिएको छ ।

यसैगरी भदौ ११ गते अपराह्न ५ बजे सम्बन्धित समितिको हलमा निर्वाचन हुने कार्यक्रममा रहेको छ । साउनको अन्तिम साता गएको बाढी पहिरोका कारण समितिका सभापतिको निर्वाचन सरेको हो । विज्ञप्तिमा एकभन्दा बढी समितिमा रहनुभएका प्रधानमन्त्री, मन्त्री र सांसदहरुले आफूले कुन समितिमा मत खसाल्ने हो यसका बारेमा सभामुखसमक्ष भदौ १० गते ३ बजेभित्र जानकारी दिन आग्रह गरिएको छ ।