शुक्रबार, बैशाख १४, २०८१

लायन्स् अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ वि १ को प्रथम क्याविनेट बैठक सम्पन्न

काठमाडौं श्रावण १८, लायन्स् अन्तर्राष्ट्रिय, डिष्ट्रिक ३२५ वि १ द्दारा शनिवार लायन वर्ष २०१४—१५ को लायन्स् डिष्ट्रिक क्याविनेट बैठकको आयोजना गरेको छ ।    गभर्नर लायन भूगोल शेरचनज्यूको सभापत्तित्व एवम् अन्तराष्ट्रियका सल्लाहकार लायन रत्नास्वामी मुरुगनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा प्रमुख अतिथी मुरुगनले aलायन्स डिष्ट्रिक ३२५ वि १ नेपालको क्याविनेटमा नियुक्त हुनु भएका लायन्स सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । साथै उहाँले त्यस अवसरमा डिष्ट्रिक ३२५ वि १ नेपालको तर्फबाट सामाजिक विकासको क्षेत्रमा भएको कार्य सम्पादनको प्रशसा गर्नुभएको थियो ।

साथै कार्यक्रममा विभिन्न डिष्टिकबट प्रतिनिधीत्व गरेका बहालवाला र पूर्व गर्भनरहरुले कायक्रमको उपादेयता माथि प्रकास पार्नु भएको थियो भने कार्यक्रम संयोजक एंव चिफ डिष्टिक एरिया कोअर्डिनेटर लायन सुरेन्द्र रत्न शाक्यले धन्यवाद अभिव्यक्ति दिनु भएको थियो ।

bत्यसै गरि विविध राष्ट्रिय साँस्कृतिक सहित सुरु भएको कार्यक्रमको दोश्रो चरणमा क्याविनेट पहिलो बैठकमा ३२५ वि, १ का प्रथम भाईस गर्भनर लायन ध्रुब बहादुर थापाको स्वाग त अभिव्यक्ति सहित ३२५ वि १ अन्र्तगत भावी कार्यक्रमबारे छलफल गरि आवश्यक काय नितिको तर्जुमा गरिएको थियो ।  लगभग ८०० जना भन्दा बढी लायन्सहरुको उपस्थिती रहेको प्रस्तुत कार्यक्रमको अन्तमा आयोजक ५ वटै क्लबहरुको तर्फबाट उपस्थित प्रमुख अतिथी, अतिथी, विशिष्ट लायन्स महानुभावहरुलाई मायाको चिन्ह वितरण गरिएको क्याबिनेट सचिव लायन मणिश्री रत्न बज्राचार्यले जानकारी दिनु भएको छ ।