शुक्रबार, बैशाख ७, २०८१

राष्ट्र विकासमा महिला र पुरुष दुवैको भूमिका महत्वपूर्ण :राष्ट्रपति यादव

महिला सशक्तीकरणका एवम् महिला हिंसा न्युनीकरणको क्षेत्रमा सम्मेलन साथक होस

Dr._Ram_Baran_Yadavलतिलपुर भाद्र ५, राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय महिला सम्मेलनको आज ललितपुरमा उद्घाटन गर्दै समाज र राष्ट्र विकासमा महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गदै डा. यादवले भन्नुभयो महिला सशक्तीकरणका एवम् महिला हिंसा न्युनीकरणका लागि दु्रत कानुनी सेवा र पीडितको संरक्षण, पुनःस्थापना, आश्रय स्थलको स्थापना गर्न सरकार र सरोकारवाला निकाय जिम्मेवार भएर लाग्न जरुरी भएको पक्षप्रति इङगीत गदै प्रस्तुत महिला सम्मेलनले महिला र लैङ्गिक समानताका लागि मागदर्शन र ठोस परिणाम ल्याउने विश्वाससमेत व्यक्त गदै उहाँले महिला अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउनुभएका तीन अग्रणी महिला अधिकारवादी अङ्गुरबाबा जोशी, तुला राणा र डा. मीना आचार्यलाई सम्मान गर्नुभएको थियो ।

कर्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी युएन वुमनका राष्ट्रिय प्रतिनिधि जियाद शेख, बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले लगायतक वक्ताहरुले बोल्नु भएको थियो ।