शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय सम्मानका साथ चर्चित नायक श्रेष्ठको अन्त्येष्टि

काठमाडौ श्रावण २६, नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको आज राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । cदाहसंस्कारअघि श्रेष्ठको पार्थिव शरीरमा पशुपति आर्यघाटमा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने उपप्रधानमन्त्री प्रकाशमान सिंह र सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय झन्डा ओढाउनुभएको थियो ।

त्यस्तै गरी श्रेष्ठको पार्थिव शरीरमा चलचित्र कलाकार सङ्घका तर्फबाट अध्यक्ष नवल खड्काले सङ्घको झन्डा ओढाउनुभएको थियो भने स्व श्रेष्ठका जेठा दाजु रामकृष्णले दागबत्ती दिनुभएको थियो ।  आर्यघाटमा विभिन्न राजनीतिक दलका नेता कलाकार, विभिन्न सङ्घसस्थाका प्रतिनिधि र सर्वसाधारण एवम् परिवारजन श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । यसअघि श्रेष्ठको पार्थीव शरीर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणपछि सिनामङ्गल, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, पुतलीसडक हुँदै प्रज्ञा भवनसम्म शवयात्रा गराइएको थियो ।