शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति डा.यादवद्दारा बिपी जन्मशताब्दीको तस्बिर प्रदर्शनी अभिरुचि पूर्वक अवलोकन (फोटो फिचर )

काठमाडौं श्रावण् २९,  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालद्दारा राजधानीको बबरमहल स्थित नेपाल आर्ट ग्यालरीमा साताव्यापीरुपमा आयोजित उहाँको जन्मदेखि मृत्यु संस्कारसम्मका जन्मशताब्दी तस्बिर प्रदर्शनी अवलोकनार्थ राष्ट्रपति डा रामवरण यादव आज अपरान्ह प्रदर्शनीस्थल पुग्नुभइ उक्त प्रदर्शनी अवलोकन गर्नु भएको हो ।  प्रदर्शनीमा कोइरालाको बाल्यावस्था, युवावस्था, परिवार, खेलकुद, आत्मवृत्तान्त र बैदेशिक भ्रमण् अन्र्तगत इजरायल , भारत भ्रमणका तस्विर त्यस्तै गरि कोइरालालको अचेतावस्था, शवयात्रा र दाहसंस्कारका तस्बिरसँग सम्बन्धितथुप्रै तस्बिरहरुको प्रदशनीको अलावा वरिष्ठ कलाकारहरु किरण मानन्धर, रागिनी उपाध्याय,रमेश खनाललगायतले स्व: बिपी कोइरालालको सम्बन्धमा तयार गर्नुभएकाकलाकृतिको पनि प्रदर्शन गरिएको छ ।

त्यस्तै गरि प्रर्दशनी स्थलमा सबै तस्बिर अभिरुचिपूर्वक अवलोकन गर्दै  राष्ट्रपति डा यादवले प्रदर्शनीमा आफूले बिपीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै गर्दाका तस्बिरननै आजको आकर्षण केन्द्र विन्दु बनेको थियो । यसअघि राष्ट्रपति डा यादव प्रदर्शनी स्थलमा

20140815-20140815-_NUP9057 20140815-20140815-_NUP9067

 पुग्दा उहाँलाइ आयोजक संस्थाका अध्यक्ष क्षितिजअरुण श्रेष्ठ। महासचिव श्रीधर खनाल, संस्थाका कोषाध्यक्ष मन्जु तुलाधर श्रेष्ठ , कार्यक्रमका मिडिया संयोजक श्रीजन झा, कार्यक्रमका अतिथी सत्कार विभागका संयोजक बलराम श्रेष्ठ, कार्यक्रम संयोजक अनिरुद्ध प्रधान लगायतले स्वागत गर्नु भएको थियो । साथै आजको प्रदर्शनीमा बिपीपुत्र श्रीहर्ष कोइराला, पूर्वअर्थमन्त्री शङकर कोइराला लगायतले पनि प्रदर्शनीको अवलोकन गर्नुभएको थियो । प्रदर्शनी भोलिसम्म जारी रहने छ ।

20140815-20140815-_NUP913520140815-20140815-_NUP913320140815-20140815-_NUP912820140815-20140815-_NUP912120140815-20140815-_NUP909720140815-20140815-_NUP909520140815-20140815-_NUP9145
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

20140815-20140815-_NUP9076

20140815-20140815-_NUP9074 20140815-20140815-_NUP9073 20140815-20140815-_NUP9082 20140815-20140815-_NUP9077 20140815-20140815-_NUP9086

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

20140815-20140815-_NUP9165

 

 

 

 

 

 

 

 

 

 

 

 

20140815-20140815-_NUP9104

 

 

 

 

 

 

 

 

 

 

 

 

 

20140815-20140815-_NUP9107