शुक्रबार, बैशाख १४, २०८१

राजधानीमा आजदेखि विपीका जन्मदेखि मृत्युपर्यन्तका दुर्लभ तस्विरहरूको प्रदर्शनी सुरु

तत्कालीन  समय देखिनै विपीको सपना साकार पार्छौ भन्दै आएका दलका नेताहरुले आजको मिति सम्म पनि उहाँको कुनै पनि सपना पूरा गर्न सकेन : कमल कोइराला

काठमाडौं श्रावण २४, जन्मशताव्दीका अवसरमा नेपाली समाजवादी आन्दोलनका नेता तथा साहित्यकार स्व:विपी कोइरालालको जिवनका अत्यन्त महत्वपूर्ण पक्ष समेटिएको साताव्यापी ऐतिहासिक फोटो प्��र्दशनी आजदेखि एक कार्यक्रमका वीच सुभारम्भ गरिएको छ ।                                                                                                                                                                   सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा Pra_0010Pra_0017राजधानीको आर्ट ग्यालरीमा सुरु भएको उक्त कार्यक्रमको औपचारिक सुभारम्भ सभासद्द्धय ध्यानगोविन्द रञ्जीत र उदयसम्शेर राणाले गर्नु भएको थियो । कायक्रमको उद्घाटनसत्रमा सहभागी वक्ताहरुले प्रर्दशनीमा विपी कोइरालाका जन्मदेखि मृत्युपर्यन्तका महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक लगभग ६ सय थान तस्विरको प्रदर्शनी गरिएको छ ।  त्यस्तै फोटो प्रर्दशनी स्थल नेपाल आट ग्यालरीको सभाकक्षमा प्रतिष्ठित कलाकर्मी किरण मानन्धर, रागिनी उपाध्याय, रमेश खनाल लगायतले जननायक विपी कोइरालाका सम्बन्धमा तयार गर्नुभएका जिवन्त कलाकृति समेत प्रदर्शन गरिएको छ ।

कार्यक्रमको उद्घाटनसत्रमा सहभागी वक्ताहरु सभासद उदयशम्शेर राणाले त्यसवेला बिपी कोइरालाले प्रस्तुत गनु भएको समाजवादको दृष्टान्तका कारणनै आज काँग्रेसले जनमत प्राप्त गर्न सफल भएको बताउनु भएको थियो भने अका सभासद ध्यानगोविन्द रञ्जतिले काँग्रेसले विपीको विचारलाइ अक्षरस पालना गर्न नसक्दा  वेलावखत अनेकन दुखदायि परिस्थती झेल्नु परेको बताउँनु भएको थियो । त्यस्तै उहाँले विपी शतवार्षिकीको अवसरमा राज्यले गनु पर्ने काम संस्थाले गदै गदा पनि राज्यको तर्फबाट उल्लेख्य सहयोग नहुनु आफैमा अन्यौलताको प्रसङ भएको बताउँनु भएको थियो ।

त्यस्तै गरी पूर्व   राजदुत कमल कोइरालाले तत्कालनि समय देखिनै विपीको सपना साकार पार्छौ भन्दै आएका दलका नेताहरुले आजको मिति सम्म पनि उहाँको कुनै पनि सपना पूरा गर्न नसकेको भन्दै नवसम्म मुलुकमा जनउत्तरदायि सरकार रहदैन तव सम्म विपीको सपना पूरा नहने दावी सहित मुलुको समद्धिका लागि व्यवाहारिक रुपमा विपीको समाजवादलाई कार्यान्वयन गन सक्ने नेतृत्वको वर्तमान समयमा खोजी भइरहेको बताउनुभएको छ । कार्यक्रम संस्थाका अध्यक्ष क्षितजहरुण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।