बिहिबार, चैत्र १५, २०८०

राजधानीको टेकुस्थित ऋषेश्वर मन्दिरमा मेला भर्दै दर्शनार्थी

काठमाडौ भाद्र १४ ,काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा (ऋषिपञ्चमी) मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना पछि नाचगान पूजा अर्चना गरेका छन ।  काठमाडौँ महानगरपालिका–१२ मा रहेको यस मन्दिरमा प्रत्येक वर्ष ऋषिपञ्चमीका अवसरमा विशेष मेला सहित दशनार्थी महिलाहरूको गएराति देखि नै भीड लाग्ने स्थानीय वासिन्दाहरुले बताए ।

  मेलामा नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, स्थानीय सङ्घ संस्थाले प्राथमिक उपचारका लागि आवश्यक पर्ने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । त्यसैगरी प्रहरीले व्रतालु महिलाको सुविधाका लागि मन्दिर क्षेत्रमा सवारी साधनको प्रवेशलाई निषेध गरी आवश्यक सहयोग पु-याइरहेका छन् ।

यसैवीच ऋषिपञ्चमीको अवसरमा भक्तपुरको गुप्तेश्वर महादेवको मन्दिरमा पनि भव्य मेला लागेको छ । भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाथली गाविस–६ मा रहेको उक्त मन्दिरमा ऋषिपञ्चमीको अवसरमा पूजा गर्ने महिलाहरुको बिहानैदेखि घुइँचो लागेको प्राप्त समाचारमा जनाइएको छ।