बुधबार, बैशाख १२, २०८१

रागिनी सङगको साक्षात्कार….

रागिनीको सरल र खुल्ला व्यवहारले प्रभावित हुनको अलावा फलेको वृक्ष झुकें भै  उनमा पनि विनयशीलता

प्रतिविम्वन भएको मैले पाएँ

उनले पेन्ट गरेको तस्विरमा कर्नेलेको घोडा प्रतिविम्वित भईरहेको देखियो

–डा. शशिधर खनाल

‘कला हो जीन्दगी । हाम्रो कला हो जाती गौरव। कला विना कुनै व्यक्ति। शीला हुन् अथवा शव ’।

साहित्यको कखरा शिक्ने म कला र साहित्य बीचको नङमासुको सम्बन्ध छ भन्ने कुरा पहिल्यै देखि सुन्ने गर्थे र तर त्यसको प्रयोगको पक्षसङ भने सक्षात्कार गर्ने अवसर पाउँन भने सकिरहेको अवस्था थिएन ।

b1
(रागिनीसङग साक्षात्कार गर्दै लेखक डा. खनाल)

प्रसङगवस साँस्कृतिक संग्रहालय नेपाल नामक एक गैर सरकारी संस्थाको महासचिव भएको हैसियतले नयाँ संस्थाको प्रथम कार्य महत्वपूर्ण पूर्ण शुभारम्भ गरी यसको महत्वलाई प्रकाश पार्ने उद्देश्यका साथ स्वर्गीय विपी कोइरालाको जन्म शताब्दीको अवसरमा उहाँले मुलुकको राजनैतिक तथा साहित्यको क्षेत्रमा दिनु भएको योगदानको तस्विरको माध्यमबाट उजागर गर्ने गरी ऐतिहासिक फोटो प्रदर्शनीको गत श्रावण २४–३० सम्म आयोजना भएको यहाँहरुमा विदितै छ ।

सांसदद्वय श्री ध्यानगोविन्द रञ्जित र उदय शम्सेर जबराले संयुक्त रुपमा शुभारम गर्नु भएको उक्त प्रर्दशनीमा वि पी को समाजवादलाई अनुसरण गर्ने नेपाली काँग्रेस र अन्य पार्टीका प्रशिद्धी कमाएका नेता पनि अवलोकन गर्न आउने अपेक्षा राखिएको थियो, तर त्यो सोच बालुवामा पानी हाले भैं भयो ।

तर मङगलबारका दिन नेपालको कलाक्षेत्रमा प्रख्याति कमाएकी कलाकार रागिनी उपाध्याय ऐतिहासिक फोटो प्रदर्शनीमा आप्mनी सुपुत्री सहित विपीका तस्वीर अवलोकनार्थ आइन् । मैले मेरा गुरु प्रा। डा। अभि सुृवेदीले आप्ना कला अवलोकन गरेका लेख रचनामा रागिनीको पेन्टिङलाई विशेष प्रशंसा दिएको पाउँथे । दृश्य प्रसारण माध्यममा अन्तरवार्ता दिएको पनि देख्थे । तर प्रत्यक्ष साक्षात्कारको अवसर भने म स्वयमले पाएको थिइन । संयोगनै मान्नु पर्छ विपीको फोटो प्रदर्शनीले मेरो त्यो अवसर पनि पूरा गरिदियो भन्ने भावाअन्तर मनमा सङगाल्दै फोटो प्रदर्शनीको माथिल्लो कोठाको सुरुबाट सनै रागिनी सङग घुम्यौ । त्यस क्रमममा रागिनीका दुईवटा तस्वीर विपीले भाषण गर्दै गरेको र रागिनी विपी र लखनउ युनिभर्सिटी अफ आर्टका पूर्व प्रमुख स्वर्गीय रणवीर सिं विष्ट सहितको र अर्को एउटा प्रदर्शनीमा थियो । त्यहाँको क्याप्सन राम्ररी नमिलेकोले मिलाउने तरिका पनि साथसाथै बताउँदै उनले चिनेका मानिसका तस्विरका नाम बताउँदै पनि गइन । मलाई उनको सरल र खुल्ला व्यवहारले प्रभावित प-र्यो फलेको वृक्ष झुकें भै  उनमा पनि विनयशीलता प्रतिविम्वन भएको मैले पाएँ ।  आधा भन्दा बढी त्यहाँ टाँसिएका तस्वीरमा क्याप्सन राखिएको थिएन । कतिवटा क्याप्सनमा लेखन अधुरै रहेको थियो । त्यस्तो अवस्थामा पनि क्याप्सन कसरी लेख्ने भनी विनम्रतापूर्वक तरिका बताउने काम उनबाट भयो ।  यसैगरी विपीका परिवारिक सदस्यको चिनारी पनि उनका मुखारविन्दबाट सुन्न पाइयो किनकि उनी पनि त्यो परिवारकी आफन्ती नै पर्दो रहिछन् । विपीले

aवोकेकी तीन वर्षे नातिनी मनिषा कोइरालालाई उनको फोटो ट–याग गरी पठाउने चाहना व्यक्ति गरेपछि हाम्रो नियममा नभएकोभए पनि मैले उनलाई फोटो खिच्न अनुमति दिए । उनले बम्बेमा रहेकी आप्नी भतिजीलाई त्यो फोटो प्रेसित गरिन् ।

फोटोहरु धेरै भएकाले उनका दुईवटा फोटा आइपुगेपछि अर्को प्रसङ्ग कोटियो । त्यो के हो भने विपी कोइराला लखनउमा बस्ने जय प्रकाश नारायणलाई भेट्न त्यहाँ आउने खबर तत्कालीन प्रमुख स्व। रणवीर सिं विष्टबाट यहाँ पाइन्छ र नेपालगञ्जस्थित प्रकाश कोइरालाको ससुराली घरमा उनी वि।पी।सङग समय मिलाउन गएको कुरा थाहा लाग्यो । त्यसरी समयको किटान गराएर लखनउमा आप्नो चित्रकला प्रदर्शन गरेको भन्ने इतिहाससङग सम्बन्धीत घट्नाको जानकारी पनि मैले प्राप्त गर्ने सौभाग्य उनीबाटै पाएँ । २५० वटा भन्दा बढी वि।पी। का बाल्यकालदेखि मृत्युवरण गर्दै गर्दाको प्रर्दशीत फोटोहरु चाख लाग्दा र विगतको समयलाई ताजा स्मृति दिलाउने किसिमका छन् ।

 सराहनीय कार्य छोटो अवधिमा भएको छ भन्ने उदगारले फोटो प्रदर्शनी आयोजना गर्ने साँस्कृतिक संग्रहालयका पदाधिकारी तथा सदस्यहरु र ऐतिहासिक फोटो प्रदर्शनीको आयोजक कमिटीको सदस्यहरु सबैलाई यस्तै सकारात्मक काम गर्ने प्रेरणा पनि रागिनीबाट प्राप्त भयो ।  रागिनीलाई निकटबाट हेर्दा आप्mनो उद्देश्यमा अविचलित दृढ र कृत संकल्पित कलाकारको रुपमा मैले पाएँ । उनले पेन्ट गरेको तस्विरमा कर्नेलेको घोडा प्रतिविम्वित भई रहेको देखियो । राजनीतिक सचेतना हुँदा हुँदै पनि आप्mनो कर्म प्रति दृढतापूर्वक लागेकी रागिनीको कलाले सगरमाथाको चुचुरो चुमोस र नयाँ कलाको क्षितिज उघ«ोस भन्ने कामना गर्दछु । फोटो :शरद श्रेष्ठ