काठमाडौं श्रावण २६,अमजन इन्टरटेन्मेन्टद्दारा राजधानीमा श्रावण २४ गते आयोजित मिसेस आर्यन – २०१४ मा सहभागी १३ प्रतियोगिहरूलाइ उछिन्दै खुशिला अधिकारी(बोहरा)ले मिसेस आर्यन २०१४ को शिर्ष उपाधी जितेकी छिन । त्यस्तै गरि उपमा राउत,सुनिता थापा बस्नेत र नितु गौतमले क्रमस फस्टरनरअप सेकण्ड, रनरअप र थर्ड रनरपमा जित हात पारेकी छिन ।
प्रस्तुत प्रतियेगितामा कुल १४ प्रतियोगिको प्रतिस्प्रर्धात्मक सहभागिता रहेको थियो । त्यस मध्ये Best Talent, Best photogeni, Best Catwalk, Best personality, Best Discipline, Most Popular , Best Skin, Best Smile , Most Charming, Best Hair, Best Dress, Best Friendship, Most Beautiful , Most Actire, र Best Viewer Choise को उपाधी भने मन्दिरा केसी, दुर्गा कार्की, तारा कार्की, नितु गौतम , पुनम देभ, उपमा राउत , महालक्ष्मी खड्का, खुशिला अधिकारी,पवित्रा थापा, रिता पौडेल,सम्झ्ना वस्नेत, सम्झ्ना वस्नेत, सुनीता थापा, नितु गौतम र मन्दिरा केसीले जितेकी छिन ।