शुक्रबार, बैशाख १४, २०८१

मातृभूमिको सभ्यता र सम्पन्नता जोगाउन आ-आफ्नो स्थानबाट सत्सङ्कल्प गरौ : राष्ट्रपति

काठमाडौ भाद्र १, श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रपति डा रामवरण यादवले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी  दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गनुभएको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै डा यादवले जन्माष्टमी पर्वले बहुभाषा, बहुधर्म र बहुसंस्कृति रहेको हाम्रो विविधतायुक्त देशलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता स्थापित गर्न सहयोग र सफलता प्राप्त हुँदै आएको उल्लेख गर्नुभएको छ ।

भाषा, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता र सम्पन्नताको सूचक हो भन्दै उहाँले सम्पूर्ण नेपालीलाई आफ््नो मातृभूमिको सभ्यता र सम्पन्नता जोगाउन आआफ्नो स्थानबाट सत्सङ्कल्प सद्भाव, सद्विचार र कर्तव्यलाई नछाडी मनुष्य जन्म सफल पार्न शुभकामना दिनुभएको छ ।