शुक्रबार, बैशाख १४, २०८१

माघ ८ गते जारी हुने संविधानको नाम ‘नेपालको संविधान’राख्ने सहमति

काठमाडौ भाद्र १२, संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको सिंहदरबारमा आज बसेका बैठकले आगामी संविधानको नाम ‘नेपालको images (1)संविधान’ हुनेमा सहमति गरेको छ । त्यस्तै बैठकले नेपालको स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय विषयका रुपमा रहने गरी सहमति गरेको नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जानकारी गराउनुभयो ।

उहाँका अनुसार मौलिक हक, मानवअधिकार, प्रेस स्वत्नत्रता, बहुलवाद, विधिको शासन, आवधिक निर्वाचन जस्ता विषयलाई प्रस्तावनामा समेट्ने सहमति भएको छ । प्रस्तावनामा समेटिने ती विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमतसङ्ग्रहमा लैजानुपर्ने सहमति भएको पनि नेता केसीले जनाकारी दिनु भएको छ।