शनिबार, बैशाख ८, २०८१

मन्त्रिपरिषद् बैठक: उपत्यकाका तीन जिल्लाका विद्यालयहरुमा दुई दिन बिदा,बाढी पहिरोले पुर्‍याएको क्षतीमा दुख व्यक्त

  • सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललाई सवारी मन्त्रीको जिम्मेवारी

  • सुनकोसी नदीको बाढी पहिरोले पुर्‍याएको क्षतीमा दुख व्यक्त गर्दै मातहतका सबै निकायलाई उद्धार तथा राहतमा लाग्न निर्देशन

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा उपत्यकाका तीन जिल्लाका विद्यालयहरुमा दुई दिन  बिदा दिने निर्णय 

काठमाडौ श्रावण १७, प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको cabinate-photoऔपचारिक रुपमा हुने नेपाल भ्रमणमा सवारी मन्त्रीका रुपमा सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सुनकोसीको बाढीबाट भएको जनधनको क्षति र उत्पन्न परिस्थितिका सम्बन्धमा जानकारी गराइनाका साथै  सुनकोसी नदीको बाढी पहिरोले पुर्‍याएको क्षतीमा दुख व्यक्त गर्दै मातहतका सबै निकायलाई उद्धार तथा राहतमा लाग्न निर्देशन दिएको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा दुई दिन आइतबार र सोमबार सरकारले उपत्यकाका तीन जिल्लाका विद्यालयहरुमा बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री तथा प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।