बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषद् बैठक: आठ सचिवमा बढुवा,नेपाल टेलिभिजनको जिम्मा शाहलाई

काठमाडौ श्रावण २२, प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका विभिन्न मन्त्रालयका रिक्त cabinate-photoसचिव पदमा आठ जनालाई बढुवा गर्ने निर्णय गरेको छ । यसरी बढुवा गरिएका सचिवहरुमा क्रमस नरबहादुर रजवार, उत्तम भट्टराई, शरद्चन्द्र पौडेल, अर्जुनबहादुर कार्की, महाश्रम शर्मा, दीपेन्द्रनाथ शर्मा, विष्णुप्रसाद लम्साल र गुणराज श्रेष्ठ रहेको सूचना तथा सञ्चरमन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनु भएको छ ।त्यस्तै मन्त्रिपरिषद्ले हालैको बजेटमा सार्वजनिक गरेअनुसार नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण सेवा गठन प्रक्रिया अघि बढाउनका लागि नेपाल टेलिभजनको रिक्त अध्यक्षमा नीरविक्रम शाहलाई नियुक्त गरेको छ । शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत रहुनुभएका शाहलाई सरकारले फेरि अध्यक्षमा नियुक्त गरेको हो।

त्यसैगरी बैठकले महत्वपूर्ण र बहुमूल्य खनिजको वर्गीकरणमा परेका खनिज अर्काे आदेश जारी नभएसम्मका लागि कच्चा पदार्थका रूपमा विदेश निर्यात गर्न नपाउने गरी आदेश जारी गनु को अलावा आजको बैठकले विद्यमान सुदूरपश्चिम विकास आयोग विघटन गरी कैलाली र कञ्चनपुर जिल्लालाई समेत समावेश गर्ने गरी सिङ्गो सुदूरपश्चिमलाई समेटेर आयोग बनाउने विषयमा सहमति भएको प्रवक्ता डा रिजालले बताउनु भएको छ ।