मङ्लबार, बैशाख ११, २०८१

मनोनित सभासद्हरुले सभामुख नेम्वाङबाट लिए सपथ

काठमाडौ भाद्र १५, संसद् सचिवालयमा आज साँझ आयोजित एक कार्यक्रमका वीच सभामुख सुवासचन्द्र नेम्वाङले मन्त्रिपरिषद्बाट मनोनित १६ savashed logoसभासद्लाई आज पद तथा गोपनियताको सपथ दिलाउँनु भएकोे छ ।  गत शुक्रवार मन्त्रिपरिषदको बैठकमार्फत विधानसभाको २६ मध्ये मनोनयन गरेका १७ सभासद् आज १६ जनालाई सभासदहरुलाई सपथ दिलाउँनु भएको हो । आजको सपथ ग्रहण कार्यक्रममा राप्रपा नेपालको कोटाबाट मनोनित सभासद् गणेश थापा भने विशेष कामले बाहिर रहनु भएकाले उपस्थित हुनुभएन ।

आज सपथ ग्रहण गर्ने सभासद्मा राधेश्याम अधिकारी ,शिवबहादुर खड्का , पुष्कर आचार्य , रेशम बानियाँ , शकलदेव सुतियार , सूर्यदेवदास उराँव , उमेश श्रेष्ठ , अनिलकुमार रुङ्गटा , उदय नेपाली श्रेष्ठ , अग्नि खरेल ,गङ्गा डाँगी , मीरा धुजु , पेम्बा भोटे , पर्तमान धिमाल , नरेश खरेल ,डा राजन भट्टराई रहेको समाचारमा उल्लेख गरिएको छ।