शुक्रबार, चैत्र १६, २०८०

मङसिर १० मा सार्क शिखर सम्मेलनको मिति तय

काठमाडौँ श्रावण २१, सार्क शिखर सम्मेलनको अठारौँ बैठक आगामी मङ्सिर १० र ११ गते राजधानीमा सुसम्पन्न हुने परराष्ट्र मन्त्रालयले जनाएको saarc-logoछ । सम्मेलनको मिति घोषणाका लागि सार्कका सदस्य राष्ट्रसँगको परामर्शमा सम्मेलनको मिति निर्धारण गरिएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै विज्ञप्तिमा शिखर सम्मेलनअघिको सार्क मन्त्रिपरिषद्को छत्तिसौँ बैठक मङ्सिर ९ गते, स्थायी समितिको एकचालिसौँ बैठक मङ्सिर ७ र ८ गते र समितिको छयालिसौँ बैठक मङ्सिर ६ गते हुने उक्त मन्त्रालयले उल्लेख गरेको छ ।