शुक्रबार, चैत्र १६, २०८०

भोटेकोशीमाथि पहिरो झर्नेक्रम जारी, पहिरोमा परि मर्नेको सख्या ७ पुग्यो,बाह्रबिसे बजार पनि सङकटमा

(अपडेट)

काठमाडौं श्रावण १७, सिन्धुपाल्चोकको धुस्कुन र राम्चे गाविसको बीचमा पर्ने जुरे भन्ने ठाउँमा गएको भीषण पहिरोबाट अरनीको राजमार्ग छेउबाट बाग्ने सुनकोसी नदी माङखा गाविसको ड्याम साइड भन्ने स्थानमा थुनिएको छ ।  राजगमार्गमाथिबाट आएकोे पहिरोले नदी थुनिएर जलाशयमा परिवर्तन भएको छ । थुनिएको नदीको डुबानमा पर्दा अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको छ । मृतकको पहिचान हुन सकेको छैन । प्रहरीका अनुसार डुबानमा परेर गम्भीर घाइते भएका तीन जनाको बाह्रबिसेस्थित स्टोन अस्पतालमा Landslideउपचार भइरहेको प्रहरीले जनाएको छ भने सामान्य घाइते १२ जनाको खाडीचौरस्थित सशस्त्र प्रहरी वेसक्याम्पमा उपचार भइरहेको बुझिएको छ । प्रहरी स्रोबाट प्राप्त समाचारम  उल्लेख  भए अनुसार अहिले राम्चेतर्फबाट पनि पहिरो झरेकाले नदी तत्काल खुल्ने सम्भावना नभएको रयसवीचमा करिब २० घर पूर्णरुपमा डुबानमा परिसकेको बुझिएको छ ।

त्यस्तै रजधानीबाट यर्ता तफ जाने सवारी दोलालघाट नजिकै रोकिएको छ भने यताबाट राजधानी आउँदै गरेका सवारी साधनलाई बाह्रबिसेमा नै रोकिएको छ । यसैवीच भोटेकोशी बाह्रविसेतिरै फर्किन थालेको छ।ु उनका अनुसार दुई किलोमिटरमाथिदेखि झर्दै आएको पहिरोले थुनिएको पानी तत्काल फुट्ने स्थिति देखिएको छैन। यदि आकस्मिकरुपमा पानी फुट्यो भने बाह्रविसेदेखि बन्देउसम्म राजमार्ग, बस्ती, दुई जलविद्युत आयोजना वर्वाद हुने प्राप्त समाचारमा जनाइएको छ ।    फोटो: इकान्तिपुर