मङ्लबार, बैशाख ४, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्दारा व्यवस्थापिका–संसद्को बैठकमा विशेष सम्बोधन

सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले के भने ?

modi

  • पशुपतिनाथको भुमिमा आउन पाएकोमा खुसी व्यक्त

  • नेपाल र भारतवीचको सम्बन्धलाइ नयाँ उचाइमा पु-याउन प्रतिवद्धता व्यक्त

  • भ्रमणका क्रममा नेपाल सरकार र आम नेपालीले गरेको सम्मानप्रति आफु नतमष्टक

  • छिमेकीको हैसियतले नेपाल र नेपालीप्रति आफ्नो उच्च सम्मान प्रकट

  • नयाँ बन्ने संविधानले आगामी सय वर्षसम्म मुलुक सञ्चालन गर्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह

  • नेपालको भौतिक पूर्वाधार निर्माणमा सघाउन एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने घोषणा

  • नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि क्षेत्रमालागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध

  • नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता

  • बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको लागि छिट्टै कायारम्भ गरिने

  • सार्क सम्मेलनमा आउँदा जनकको भूमि जनकपुर र गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्ने प्रतिवद्धता

काठमाडौँ श्रावण १८, प्रधानमन्त्री सुशील कोइरालाको मैत्रीपूर्ण निमन्त्रणमा नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभा, व्यवस्थापिका–संसद्को बैठकलाई आज विशेष सम्बोधन गर्नु भएको छ ।  ४० मिनेट भन्दा बढि आफ्नो लामो सम्बोधनको औपचारिक सुरुवात नेपाली भाषामा गर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथको भुमिमा आउन पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो । गदै नेपाल र भारतबीचको सम्बन्ध हिमाल र गङ्गा नदी जत्तिकै पुरानो रहेको बताउँदै त्यसलाई नयाँ उचाइमा पु-याउन आफु प्रतिवद्ध रहेको बताउँनु भएको छ । त्यस्तै उहाँले छिमेकीको हैसियतले नेपाल र नेपालीप्रति आफ्नो उच्च सम्मान रहेको र त्यसलाई भारतको विदेश नीतिमा समेत समावेश गरिएको भन्दै प्रधानमन्त्री निर्वार्चित भएको छोटो अवधीमानै आफुले नेपालको भ्रमण गन पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो ।

भ्रमणका क्रममा नेपाल सरकार र आम नेपालीले गरेको सम्मानप्रति आफु नतमष्टक भएको र यो सम्मान आफ्नो मात्रै सम्मान नभई सबा सय करोड भारतीय नागरिकको सम्मान भएको बताउनु भयो । त्यस्तै उहाँले नेपालले विश्वमा नै शान्ति फैलाउने भगवान बुद्धलाइ जन्म दिएको बताउदै अव शान्तिको सन्देश फैलाउने जसरी बुद्धले गर्नु भएको थियो त्यसरीनै शान्तिको सन्देश फैलाउने काम नेपालले गर्नु पर्नेमा उहाँले विशेष जोड दिनु भएको थियो । भारत र नेपालको धार्मीक सम्बन्ध प्रगाढ रहेको बताउनु भयो  ।

मुलुकलाइ नयाँ युगको दर्शन दिने काम संविधानले दिने भएकाले त्यस्तै संविधान बन्ने विश्वासका साथ संविधान निर्माताहरुलाई बधाई दिदै प्रधानमन्त्री मोदीले संविधान एक किताव नभई हिजो आज र भोलीलाई जोड्ने दस्तावेज भएको र संविधान तत्कालका लागि नभएको भन्दै त्यसले आगामी सय वर्षसम्म मुलुक सञ्चालन गर्ने भएकाले त्यसमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थिये । सम्बोधनकै क्रममा प्रम मोदीले नेपालमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न भारत सरकार तत्पर रहेकामा जोड दिँदै अन्तरदेशीय प्रसारण लाइनमार्फत सङ्कट समाधान गर्न हाल उपलब्ध गराइरहेको विद्युत् दोब्बर बनाउने प्रतिबद्धता सहित बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र त्यसबाट उत्पादन हुने पाँच हजार ६०० मेगावाट विद्युत्ले नेपालको विकासले नयाँ उचाइ लिने भएकोले यसको लागि छिट्टै कायारम्भ गरिने बताउनुभयो ।

त्यस्तै नेपालीसँग काँधमा काँध मिलाएर विकास निर्माणका काममा सहकार्य गर्न भारत तयार रहेको भन्दै उहाँले सूचना प्रविधिको विकासबाट रोजगारी प्राप्तिको सहज माध्यम बन्न सक्ने भएकाले त्यस दिशामा पनि नेपालसँग मिलेर काम गर्ने आफ्नो मुलुकको चाहना रहेको सभासद्लाई सुनाउँदै भौतिक पूर्वाधार निर्माणमा सघाउन एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने पनि त्यस अवसरमा घोषणा गर्नुभएको छ । त्यस्तै शनिबार सुनकोसी नदीछेउमा गएको बाढीपहिराले जलप्रवाहमा उत्पन्न गरेको व्यवधानका साथै भएको जनधनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्राकृतिक विपत्तिका बेला सहयोग एवम् सद्भाव अभिवृद्धि गर्दै नेपाललाई भरपूर सहयोग गर्न मैले आफ्नो देशका सम्बन्धित अधिकारीलाई निर्देशन दिइसकेको छु भन्दै  नेपालको समृद्धिका लागि पर्यटन, जडिबुटी, जलस्रोत, युवा शक्ति र वैज्ञानिक कृषि प्रणाली नै महत्वपूर्ण रहने भन्दै भारतीय प्रधानमन्त्री मोदीले त्यसका लागि सहयोग गर्न आफू र आफ्नो सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  वीर नेपालीको साहसको मुक्त कण्ठले प्रशंसा गर्दै उहाँले गोरखा सैनिकले भारतको सुरक्षा व्यवस्थामा गरिरहेको योगदानप्रति आभार प्रकट गर्नुभयो । सत्र वर्षमा आफू नेपाल भ्रमणमा आएको स्मरण गर्दै उहाँले आगामी दिनमा त्यस्तो नहुने र सार्क सम्मेलनमा आउँदा राजर्षि जनकको भूमि जनकपुर र गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्ने प्रतिवद्धता जनाउनुभयो ।