मङ्लबार, बैशाख ४, २०८१

भारतीय प्रधानमन्त्रीद्वारा जीतबहादुर लाइ गराए परिवारसङग पुनर्मिलन

काठमाडौ श्रावण १८, दुर्इ दिने नेपालको औपचारिक भ्रमणको लागि नेपाल आइपुग्नु भएकाभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मपुत्र नेपाली युवक जीतबहादुर मगरको  परिवारसँग होटल हायात पुग्नेबित्तिकै भेट गर्नुभएको छ । दश वर्षकै कलिलै उमेरमा नवलपरासीस्थित आफ्नो घर छाडेर हिँडेका जीतबहादुर बेवारिसे अवस्थामा अहमदावादबाट संयोगवश प्रम मोदीको सम्पर्कमा पुग्नुभएको थियो । मोदीले उहाँलाई आफ्नो परिवारको सदस्यका रूपमा पालनपोषण र रेखदेख गर्नुका साथै उच्च शिक्षासमेत उपलब्ध गराउँदैै आउनुभएको थियो ।  त्यस्तै मोदीले शनिबार आफ्नोे ट्वीटर आडीमार्फत मगरका परिवारसँग पुनर्मिलन गराउन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गरेका थिए ।