शनिबार, बैशाख ८, २०८१

बाढी पीडित प्रतिपरिवारलाई रू पाँच लाख राहत प्रदान गर्न सभासदहरुद्दारा ध्यानाकर्षण

काठमाडौ श्रावण २७, व्यवस्थापिका–संसदको आजको बैठकमा समय माग गर्दै सभासदहरु क्रमस सभासद् धनराज गुरुङ, जगदीशनरसिंह केसी, biccरवीन्द्र अधिकारी, रामजनम चौधरी, अग्निप्रसाद सापकोटा, लक्ष्मणलाल कर्ण, सभासद् अनुराधा थापामगर, यशोदाकुमारी लामा, विकास लम्साल, सुजाता कोइराला, हितराज पाण्डे, कुन्तीकुमारी शाही, लालबाबु राउत, राज्यलक्ष्मी श्रेष्ठ लगायतले सिन्धुपाल्चोकको सुनकोसी नदीमा आएको बाढीले पु¥याएको क्षति र त्यसबाट पीडित जनताले उचित राहत पाएका छैनन् भन्दै पर्याप्त राहत उपलब्ध गराउन सरकारलाई निर्देश दिन माग गर्नुभएको छ।

उहाँहरूले सिन्धुपाल्चोकको जुरेमा आएको पहिरोले स्थानीय बासिन्दा झन पीडित बन्दै गएका घरबारबिहीन पीडितले जङ्गलमा बास बस्नुपरेको खाद्य पदार्थ पनि उपलब्ध नभएको भन्दै मृतकलाई रु पाँच हजार घरबारबिहीनलाई रु ४० हजार राहात पर्याप्त नभएकाले प्रतिपरिवारलाई रू पाँच लाख राहत उपलब्ध गराउन सरकारलाई निर्देश दिनुपर्नेमा जोड दिनुभएको थियो ।