शनिबार, बैशाख ८, २०८१

बाढी पीडितको सहयोगार्थ एमाओवादीले जनप्रतिनिधिलाई जिल्ला पठाउने

काठमाडौ भाद्र ५, एमाओवादीले मुलुकको विभिन्न जिल्लामा बाढी पहिरोले पु-याएको क्षतिको विवरण सङ्कलन, राहत वितरण तथा उद्धारका लागि Maoist-central-office-nepalभए गरेका कार्यको विवरण सङ्कलनका लागि स्थानीय जनप्रतिनिधिलाई जिल्लामा पठाउने निर्णय गरेको छ ।

एमाओवादीको बुधवार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै बैठकले मुलुकमा विद्यमान विपद्को यस घडीमा सरकार र प्रतिपक्षीहरूबीच भएको सहमति अनुरूप सबै जिल्लामा जनप्रतिनिधिलाई पठाउने निर्णय भएको प्रमुख सचेतक गिरिराजमणि पोखरेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले जनतासँग सहकार्य गर्न र सहयोग पु-याउने उद्देश्यले सिन्धुपाल्चोक, सुर्खेत, बर्दिया, बाँके, महोत्तरी, रौतहट, संखुवासभा, सिरहा, दाङ्ग जिल्लालाई (क), वर्गमा सल्यान, रुकुम, कालीकोट, जाजरकोट, कैलाली, उदयपुर, सप्तरी, धनुषा, बाजुरा, दोलखा, ललितपुर, गोरखा जिल्लालाई (ख) र रोल्पा, सिन्धुली, सर्लाही, पर्सा, बारा, मोरङ्ग, रामेछाप, डडेल्धुरा जिल्लालाई (ग) वर्गमा विभाजन गरी सोही अनुसार कार्य गर्ने निर्णय गरेको गरेको जनाएको छ।