मङ्लबार, बैशाख ११, २०८१

बाढी पहिरो पिडितका लागि नेकपा एमाले आवद्ध पेसागत सङगठनको तर्फबाट रु २६ लाख सहयोग

काठमाडौ भाद्र ४, नेकपा एमाले सङग आबद्ध जनसङ्गठनको संयुक्त बैठकले पार्टीले स्थापना गरेको केन्द्रीय प्राकृतिक विपत्ति राहत कोषमा मोर्चाका uml offतर्फबाट रु २६ लाख १० हजार सहयोग गर्ने निर्णय गरेको छ । प्राप्त समाचारमा उल्लेख भएअनुसार पेसागत महासङ्घको तर्फबाट रु १० लाख, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको तर्फबाट रु तीन लाख, अखिल नेपाल किसान सङ्घ र उद्यमी तथा व्यवसायी महासङ्घ रु दुई/दुई लाख, अनेरास्ववियु, अखिल नेपाल महिला सङ्घ, नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल बुद्धिजीवी परिषद्, लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र लोकतान्त्रिक मधेसी सङ्गठनबाट रु एक÷एक लाख रहेको र

युवा सङ्घ नेपाल, प्रेस चौतारी, नेपाल लोकतान्त्रिक खेलकुद महासङ्घ र नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको तर्फबाट रु ५०/५० हजार सहयोग गर्ने बुझिएको छ । त्यस्तै नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन र नेपाल उत्पीडित जातीय मुक्ति समाजले रु २५/२५ हजार र सहयोग गरेका छन् भने लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठनले रु १० हजार सहयोग दिएको समाचारमा उल्लेख गरिएको छ ।