बिहिबार, चैत्र १५, २०८०

बाढी पहिरोमा हताहत हुँदै ज्यान गुमाउनेको संख्या ५३ पुग्यो ,७५ जना अझै बेपत्ता

काठमाडौ श्रावण ३१, बाढी पहिरोका कारण देशभर ठूलो संख्यामा जनधनको क्षति भएको छ । देशका विभिन्न जिल्लामा गरि ५३ जनाको 10.3मृत्यु भएको छ  भने ७५ जना बेपत्ता भएको मन्त्रालयले जनाएको छ । बाढी र पहिरोले सबैभन्दा बढी मध्य तथा सूदूरपश्चिममा क्षति पुर्‍याएको छ । वर्षा रोकिएसँगै आजबाट क्षतिको विवरण संकलन गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरो र ढुबानमा परी ५३ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो प्रकोपित क्षेत्रमा क्रामस दाङ, बाँके, कैलाली र सर्खेतलगायतका जिल्लामा अहिले गएरातीदेखिनै उद्धार कार्य जारी रहेको बुझिएको छ। लगातारको बर्षाका कारण उद्धार कार्यमा समस्या भएपनि अविराम उद्धार कार्यलाइ तिव्त दिइएको बुझिएको छ । त्यस्तै तराईका अधिकांसभाग जलमग्न भएपछि जनजीवन कष्ठकर बनेको छ । पर्वदेखि पश्चिम तराईका अधिकांस गाउँहरु डुवानमा परेका छन् । बाँकेमा मात्रै ३ हजार घर डुवानमा परेको प्रहरीले जनाएको छ ।  सल्यानमा वाढिपहिरोमा परेर मृत्यु हुनेको संख्या ३ पुगेको छ । निगालचुलामा २ र कालिमाटि काल्चेमा १ गरि ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । त्यस्तै गरि निगालचुला ७ मा अविरल वर्षासंगै आएको वाढिले २५ वर्षिय विष्णु विक र उहाँको डेढ वर्षिय छोरा प्रेम विकको मृत्यु भएको छ । प्रहरीले त्यहाँको बाढिले अन्य ७ जना बढिलाइ वेपत्ता बनाएको जनाएको छ ।

यस्तै घर नजीकै आएको पहिरोमा पुरिएर काल्चे गाविस २ ढोरेनीकी ७ वर्षकी विन्दु सिंजालीको ज्यान गएको छ । बालिकासंगै वेपत्ता भएकी उनकी आमा विमला सिंजालीको भने सकुशल उद्धार गरिएको छ । यस्तै स्थनीय ८० वर्षिय वृद्धपनि पहिरोमा परि वेपत्ता भएका छन ।   उता, पूर्वी पहाडी जिल्लाहरुमा वर्षा रोकिएपछि सप्तकोशी नदीमा पनि पानीको बहाव कम भएको छ । आज बिहान गरिएको मापनअनुसार कोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४९ हजार ५ सय ८५ क्युसेक पुगेको छ । यसअघि कोशीमा पानीको बहाव हालसम्मकै उच्च ३ लाख ४१ हजार क्युसेक पुगेको थियो । सप्तकोशीमा अहिले ५६ मध्ये ३१ ढोका खोलिएका छन् ।