शुक्रबार, बैशाख ७, २०८१

बाढी-पहिरोमा परि ज्यान गुमाउनेको सख्या १०५ र बेपत्ता हुनेको सख्या १ सय ३५ पुग्यो: गृह मन्त्रालय

काठमाडौं भाद्र २, श्रावण २९ गते देखि मुलुकका विभिन्न ठाउँमा आएको बाढी पहिरोबाट हालसम्म १ सय ५ जनाको मृत्यु, ४२ जना घाइते हुनुका साथै १ सय ३६ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आज अपराह्न जारी home ministry_20140512091923विज्ञप्तिमा उल्लेख भए अनुसार बाढी(पहिरोबाट २० हजार २ सय ३९ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा बर्दियामा १४ हजार ४ सय २४, बाँकेमा २ हजार ५, कैलालीमा १७ सय ४५, सुर्खेतमा १७ सय, दाङमा ३ सय, सल्यानमा ६५ परिवार छन् ।

त्यस्तै बाढी-पहिरोमा परी मृत्यु हुनेमा सुर्खेतमा २८, बर्दियामा २१, दाङमा १४, जाजरकोटमा ४, धनुषा १, सर्लाहीमा १, उदयपुरमा १, ललितपुरमा ३, सिन्धुलीमा १, रुकुममा ३, चितवनमा २, रोल्पामा ४, कैलालीमा १, बाँकेमा ५, डडेल्धुरामा २, गोरखामा ३, कालीकोटमा १, नवलपरासीमा १, सल्यानमा ७, अर्घाखाँचीमा १ जना छन् । बाढी(पहिरोमा परी अहिलेसम्म बेपत्ता हुनेमा सुर्खेतमा १ सय ६, बर्दियामा १५, सल्यानमा ३, बाँकेमा ५, दाङमा ४, डडेल्धुरामा १, सिराहामा २ जना छन् । बाढीपहिरोबाट ११ हजार ५ सय ८४ घर डुबानमा परेका छन् । बाँकेमा ६ हजार ३ सय ६४, बर्दियामा ३ हजार ८ सय ३७, सिराहामा ४ सय १५, रौतहटमा २ सय ५०, सुर्खेतमा ३ सय ७९, कैलालीमा २ सय, दाङमा ३५, मोरङमा ८४, चितवनमा २० घर डुबानमा परेको गृह मन्त्रालयले उल्लेख जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट ३ सय २८ घर पूर्ण रूपमा र १ सय ४५ घर आंशिक क्षति भएका छन् । दाङमा ३ सय, कैलालीमा ११, जाजरकोटमा ५, रुकुममा २, खोटाङमा १, नवलपरासी ४ र सल्यानमा ५ वटा घर पूर्ण रूपमा क्षति भएका छन् । कैलालीमा १ सय ४५ घर आंशिक रूपमा क्षति भएका छन् । बाढी(पहिरोका पीडितलाई हालसम्म ७ लाख ७० हजार रुपैयाँ राहत रकम बाँडिएको गृह मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031