शुक्रबार, चैत्र १६, २०८०

बलात्कारी बस्नेत प्रहरीको फन्दामा

भक्तपुर भाद्र १०, दुवाकोट जाने सवारी साधन कुरेर बसेकी सिन्धुपाल्चोक घर भई दुवाकोट बस्ने १६ वर्षीया किशोरीलाई घर पु-याइदिन्छु भनेर मिनीट्रकमा राखेर झौखेलको balatkariबाँसघारी पु-याएर बलात्कारको प्रयास गरेको आरोपमा दोलखा गाविस–१ घर भई हाल भक्तपुर बस्ने २१ वर्षीय विनोद बस्नेतलाई प्रहरीलले पक्राउ गरेको छ ।

प्रहरीले बलात्कारको प्रयास गर्ने बा१ख ४४६० नम्बरको मिनीट्रक चालक समेत रहेका बस्नेतलाइ बलात्कारको असफल प्रयास गर्दै गर्दा किशोरील त्यसको प्रतिकार गरि चिच्याएपछि स्थानीय जनताले किशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । त्यसपछि फरार रहेका उनलाइ प्रहरीले आज पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।