बिहिबार, चैत्र १५, २०८०

फुटको सङघारमा पुगेको एमाओवादी भित्रको विवाद केहि हदसम्म मथ्थर

काठमाडौँ श्रावण २३, पार्टीको स्थायी समितिको बैठकमा तीन पटक भन्दा बढी उपस्थित नभएको भन्दै सचिव टोपबहादुर रायमाझी र स्थायी parchanda-baburamसमिति सदस्य देवेन्द्र पौडेललाई हटाएको तथा समानान्तर समिति गठन गरेको अभियोगमा नेता गङ्गानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरेपछि फुटको सङघारमा पुगेको एमाओवादी भित्रको जारी विवाद केहि हदसम्म मथ्थर भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले विवाद समाधानका लागि पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईसङग जारी विवादका कारण जनतामा राम्रो सन्देश नगएको भन्दै  विवादलाइ हल गर्न प्रचन्द्र निवास लाजिम्पाटमा आज भएको छलफलमा समानान्तर समिति गठन भएका जिल्लामा छुट्टै संरचना बनाउने लगायतका सहमति भए सङगै विवाद केहि हदसम्म मथ्थर भएको हो ।

त्यस्तै यो वा त्यो बहानामा संस्थापन पक्षले प्रेशर सिर्जना नगर्ने र कारवाही फिर्ता लिने सम्म्को सहमति भएको सम्वद्ध स्रोतले  जनाएको छ ।