बुधबार, बैशाख १२, २०८१

प्राकृतिक विपत्ति पीडित नागरिकको सहयोगार्थ सशस्त्र प्रहरीद्वारा रु एक करोड सहयोग

काठमाडौ श्रावण ३१, अविरल वर्षा सङगै गएको बाढी पहिरो र प्राकतिक विपत्ति पीडित नागरिकको सहयोगका लागि सशस्त्र प्रहरी बलले प्रधानमन्त्री apfदेवीप्रकोप उद्धार कोष प्रयोजनार्थ रु एक करोड ८८ लाख एक हजार ५९३ प्रदान गरेको छ ।

उद्धार कोषमा जम्मा गर्नका लागि सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकले पाँच दिनको तलब बराबरको रकम, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक र उपरीक्षकले तीन दिनको तलब तथा सशस्त्र प्रहरी नायब उपरीक्षक र निरीक्षकले दुई दिनको तलब त्यस्तै गरि बलका जुनियर अधिकृत तथा बिल्लादार जवानले एक दिनको तलब बराबरको रकम रकम प्रदान गरेको हो ।  सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तल प्रधानमन्त्री सुशील कोइरालालाइ शुक्रवार उक्त रकम  बरारवरको  चेक हस्तान्तरण गर्नुभएको हो ।