बुधबार, बैशाख १२, २०८१

प्रम दैवीप्रकोप उद्धार कोषमा एनसेलद्वारा रु २० करोड सहयोग

काठमाडौ भाद्र ६, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मोबाइल टेलिफोन सेवा प्रदायक एनसेलले रु २० करोड सहयोग प्रदान गरेको छ । आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी निर्देशक एरिन तेल्यान्लरले सोको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संयुक्त लगानीमा स्थापित एनसेलले नेपालका जनता बाढीपहिरो जस्तो प्राकृतिक विपत्तिमा परेको बेला उदार मनले सहयोग गरेर सराहनीय काम गरेको बताउनुभयो । एनसेलका प्रमुख कार्यकारी निर्देशकले नेपाली जनताको दुःखमा सहयोग गर्न पाएकामा कम्पनीले सन्तोष व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताएका छन ।