मङ्लबार, बैशाख ११, २०८१

पार्टी विभाजन हुँदैन : अध्यक्ष प्रचन्द्र

चितवन श्रावण २३, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्द्रले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार prachanda1सङ्घ चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले शान्ति र संविधान निर्माण हुँदै गरेको यो समयमा पार्टी विभाजन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । पार्टीभित्र देखिएका विवाद नयाँ प्रक्रियाबाट समाधान हुने भन्दै उहाँले अब अन्तरकलह थप चर्किएर नजाने ठोकुवा गर्नुभयो ।

पत्रकारको एक प्रश्नमा उहाँले भन्नुभयो – “बाबुरामजीसँगको सम्बन्धको लामो कथा छ । विसं २०४१ को पाँचाँै महाधिवेशनदेखि उहाँसँग विवाद र बहस भइरहेको छ ।  अध्यक्ष दाहालले थप्नुभयो – तपाईंहरूलाई हाम्रो विवाद अनौठो लाग्ला, हामीलाई दूध र भात जस्तो भइसक्यो । अगाडि उहाँ प्रचण्ड राष्ट्रको नेता भन्नुहुन्छ पछाडि नेतृत्व भएन भन्नुहुन्छ । माग बुझी नसक्नुका छन् ।

एक फरक प्रसङ्गमा अध्यक्ष दाहालले दलहरूबीचमा सहमति बनेर निर्धारित समयमै संविधान बन्नुपर्ने कुरामा आफ्नो पार्टी रहेको बताउनुभयो । समयमै संविधान बन्छ त रु भन्ने एक प्रश्नमा उहाँको जवाफ थियो – दलहरूले ‘कम्प्रमाइज’ गरे संविधान बन्ने पूरै सम्भावना छ । विगतबाट शिक्षा लिएर संविधान बनाउनु पर्ने उहाँले भनाइ थियो । शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भइरहेको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमण दुई देशबीचको सम्बन्धको नयाँ आयाम भएको अध्यक्ष दाहालको प्रतिक्रिया थियो ।